दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८८ अंकले बढेर ३६२.२२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज १९ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स र चिलिमे हाइड्रोपावरको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा रिभर फल्स पावर र ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, शिभम् सिमेन्ट र जोशी हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment