थप ११ वटा कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स

डिसी नेपाल
२३ जेठ २०८० ९:२६
120
Shares

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) वितरण गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो।

एलओआई पाएका ४३ वटा कम्पनीमध्ये ७ कम्पनीलाई बोर्डले पहिले नै ब्रोकर लाइसेन्स दिइसकेको छ। फेरी थप ११ वटा कम्पनीहरुले तोकेको मापदण्ड पूरा गरेकाले लाइसेन्स दिने निर्णय गरे संगै लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ। बाँकी कम्पनीहरुले पनि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेपछि क्रमशः लाइसेन्स पाउँदै जानेछन्।

लाइसेन्स पाउने कम्पनीहरुमा नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज, केबीएल सेक्युरिटिज र कलश स्टक मार्केट रहेका छन्।

यस अघि भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेडले लाइसेन्स पाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *