सेल्सवेरी डिपार्टमेन्टको सामान अब अनलाइनमार्फत खरिद गर्न सकिने
काठमाडौं । सेल्सवेरी डिपार्टमेन्ट स्टोर्सले अनलाइन प्लेटफर्म ‘इकमर्स’ सार्वजनिक गरेको छ। सेल्सवेरीका सिइओ सुशिलमान प्रधानाङले सोमबार पत्रकार सम्मेलन गरि सो अनलाइन प्लेटफम ‘इकमर्स ‘ सार्वजनिक गरेका हुन्।
यससँगै सेल्सवेरीले विभिन्न अफर पनि सार्वजनिक गरेको छ। अफर अन्तर्गत ५ हजाभन्दा बढीको सामन किनेमा फ्रि डेलिभरीको सुविधा ग्राहकले पाउनेछन् भने रिफर एण्ड अर्न अफर पनि सेल्सवेरीले ल्याएको छ। जसमा सेल्सवेरीको साइटमार्फत लग इन गरि युजर आइडी बनाई रिफर कोड प्राप्त गरि क्वाइन कलेक्ट गर्न सकिने छ।
भौतिक व्यवसाय गरिरहेको सेल्सवेरीले कोरोना महामारीपछि समयको माग अनुसार अनलाइन मै जानूपर्ने आवश्यकता महसुस गरि अनलाइन प्लेटफर्म इकमर्स संचालनमा ल्याएको सिइओ प्रधानाङले बताए।
आगामी ३ महिना भित्र महाराजगंजमा सुविधा सम्पन्न स्टोर्स संचालनमा ल्याउने उनले बताए। सपिङ वीथ सर्भिस, सपिङ वीथ रिक्रिएसन्सको थिम अनुसार स्टोर्समा रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा, ज्याकुजी, लगायतका सुविधा रहने प्रधानाङले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment