दुई कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

डिसी नेपाल
२४ जेठ २०८० १४:५४
1.3k
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ। सेयर सूचीकृत हुनेमा  दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन्।

दोल्ती पावरको ५३ लाख ६४ हजार ८६० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ। आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम  ८७ रुपैयाँदेखि अधिकतम २६१ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि डीओएलटीआई संकेत प्रदान गरिएको छ।

त्यस्तै, भूगोल इनर्जीको ५४ लाख ४० हजार ५३४ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ। आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम  ६७.६३ रुपैयाँ र अधिकतममा २०२.८९ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि ‘बीईडीसी’ संकेत प्रदान गरिएको छ।

यी दुवै कम्पनीको सेयर कारोबार बिहिबारदेखि हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *