सामान्य अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२४ जेठ २०८० १५:२०
84
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढेर ३६५.४७ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ। यसको आज १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा आइजिआइ शिभम् सिमेन्ट र नागरिक लगानी कोषको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा युनिक नेपाल लघुवित्त र खप्तर्ड लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिद्धार्थ इक्युती फण्ड र सनराइज फोकस इक्युती फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *