युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड

डिसी नेपाल
२५ जेठ २०८० ९:५१
636
Shares

काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आज (बिहीबार, जेठ २५ गते) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बिहान ९ बजे एफपीओ बाँडफाँड गरेको हो।

कम्पनीको उक्त एफपीओमा १३ लाख ५७ हजार १८० आवेदकबाट १ करोड ५४ लाख २७ हजार ५३० कित्ताको लागि आवेदन परेको थियो।  जसमा १३ लाख ५५ हजार ६८७ आवेदकबाट परेको १ करोड ५४ लाख १० हजार १६० कित्ता सदर भएको छ भने १ हजार ४९३ आवेदकबाट परेको १७ हजार ३७० कित्ता बदर भएको छ।

सदर भएको आवेदनमध्ये ३७ हजार ९४२ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

लघुवित्तले गत जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको थियो।

यो एफपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, एफपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *