जलहरी बहस संसदको रेकर्डबाट हटाइएकोमा रामहरि खतिवडाको आपत्ति
काठमाडौँ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा रेकर्डबाट हटाउने परम्परा अन्त्य हुनु पर्ने बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद खतिवडा जलहरी प्रकरण सांसदमा उठेको तर पछि हटाएको भन्दै आपत्ति समेत जनाएका छन्।
‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको विषय संसदमा उठाइयो तर पछि त्यसलाई संसदको रेकर्डबाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाइएको भए पनि जनताको मनबाट हट्ने छैन्।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment