एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई
काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले कोशी प्रदेश नामाकरणपछि आफ्ना नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखिएको आरोप लगाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सत्ताधारीकै समूहबाट आक्रमण हुँदा प्रहरी मौन बसेको आरोप लगाउँदै गृहमन्त्रीसँग जवाफ मागेका छन्।
प्रदेशको नामसँग आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले कसैलाई नाम चित्त नबुझेको भए वैधानिकरूपमा दुईतिहाइ बहुमत ल्याएर नाम परिवर्तन गरे आफूहरूलाई स्वीकार्य रहने बताए। तर, देशलाई अराजकता र जातीय हिसाबले विभाजित गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment