सत्ता गठबन्धन टुट्दैन, तत्काल एमालेसँग सहकार्य हुँदैन्ः रामहरि खतिवडा
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले तत्काल सत्ता गठबन्धन नटुट्ने बताएका छन् । उनले भविष्यमा हिजो लोकतन्त्रको लागि सँगै लडेको एमालेसँग सहकार्य भने हुनसक्ने विश्वास दिलाए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता खतिवडाले देश बनाउने अभियानमा सबै दलहरु एकमत भएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘अरुलाई आलोचना गरेर मुलुक निर्माण हुन्छ भन्ने विश्वास मलाई छैन् ।’
नेता खतिवडाले मुलुक भ्रष्टाचारबाट व्याप्त भएको भन्दै यसको लागि सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने,‘हामीलाई पनि लागेको छ, भ्रष्टाचार भनेको मेरो र तेरो भनेर छुट्याउने कुरा होईन । यो लेनदेनमात्रै होईन, यो आचरणको पनि कुरा हो । चर्चामा आएका कुराहरु जो छन्, नक्कली भुटानी शरणार्थी प्रकरणकै कुरा छ, नेपाली कांग्रेसले निश्पक्ष छानबिनको लागि अनुरोध गरेको छ । हाम्रो प्रष्ट मान्यता के हो भने–कोही निर्दोष फस्नुहुँदैन अनि दोषी उम्कनुहुँदैन् ।’
खतिवडाले कसैले पोलेकै आधारमा मान्छे समात्ने हो भने धेरै जनाको नाम बाहिर आएको सुनाए । उनले भने,‘यो प्रकरणमा मैले पनि धेरैको नाम सनुेको छु, केपी ओलीको पिएको नाम आएको छ। बादल दम्पत्तिको नाम आएको छ। अख्तियार प्रमु्ख प्रेमकुमार राईको पनि नाम चर्चामा छ । म भन्न चाहन्छु की प्रहरी कसैको दबाबमा नपरोस । यो प्रकरणमा प्रहरीलाई म गहनताका साथ छानबिन गर्न अनुरोध गर्दछु । हद म्यादका कारण कोही अपराधी नउम्किनु।’ सो क्रममा उनले यति, ओम्नी, बालुवाटार प्रकरणलगायत सबैमा गम्भीर छानबिन हुनुपर्ने माग गरे । उनले थपे,‘प्रधानमन्त्री होस वा उपप्रधानमन्त्री होस, बालुवाटारको जग्गा लिएर फिर्ता गर्दैमा अपराधी हुँदैन भन्न सकिन्छ र ?’
उनले अहिले देश बनाउने अभिभारा युवा पुस्ताको काँधमा आएको सुनाए । उनले भने,‘जनताले युवा पुस्तासँग आश गरेका छन् । राजनीतिमा आउँदा खासगरी पार्लियोमेन्टमा बोल्दा एउटा कुरा, अनि टिभीमा अर्को कुरा गर्ने, जनतासँग जाँदा एउटा अनि नेतासँग अर्को कुरा गर्ने गरेको पनि पाईयो । यो कुरा जनताले नजिकबाट नियाँलिरहेका छन् ।’ उनको उक्त अभिव्यक्ति रास्वपालक्षित थियो । खतिवडाले थपे–‘अहिले कोर टिमका कुरा पनि आएका छन् । त्यसबारेमा पनि छानबिन हुनुपर्छ । राष्ट्रिय परिचयपत्रको कुरा आएको छ, तत्कालिन गृहमन्त्रीले टेण्डर गरे, अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यो टेण्डर रद्द गरेको कुरा छ । उहाँले त्यो टेण्डर किन रद्द गर्नुभयो भन्नेबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्छ ।’
नेता खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल नै भएको दाबी गरे । उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले गेरु वस्त्र पहिरिने काम गरेको तर कुनै ठूला सन्धी र सम्झौता भएनन् भनेर चर्चा भएपनि १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने सम्झौता हुनु ठूलो उपलब्धि र खुशीको विषय भएको उल्लेख गरे । उनले भने,‘मलाई एउटा खुशीको कुरा यो भ्रमणमा के लागेको छ भने जुन १० हजार मेगावाट विद्युत भारतले १० वर्षमा लिने सहमतिको वातावरण सिर्जना भयो, यो नेपालको लागि राम्रो काम हो । भ्रमणमा जाने सबैलाई यो कामको लागि धन्यवाद दिन चाहन्छु ।’
उनले अहिले अनावश्यक बहसको भूमरीमा परेको पनि गुनासो पोखे । उनले भने,‘मुलुक कहाँ छ ? भैंसी र राँगाबारे बहस भैरहेको छ, यसबारे बहस गर्न हामी तल्लिन भएका छौं । संसद्मा जलहरीको कुरा आयो । संसद् बन्द भयो । नक्कली भुटानी शरणार्थीको कुरा आउँदा जलहरी प्रकरण आयो । यो जलहरी प्रकरणमा पनि छानबिन हुनुपर्छ भनेका छौं । महालेखापरीक्षकको प्रतिवेदनमा संसद्मा छलफल हनु दिएको छ, त्यो विषय रेकर्डबाट हटाउन भनिएको छ । यो गलत भयो । १० किलो सुन बेपत्ता भएको छ भनिएको छ । त्यो खोज्ने सबैको दायित्व हो । यो बास्तवमा छानबिन हुने विषय हो । पशुपतिजस्तो सबैले मान्ने र पुज्य ठाउँमा ७ करोडको १० किलोको सुन हराउँछ ? भने मुलुक कहाँ होला ?’ उनले उक्त प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष बसेर तार्किक निश्कर्षमा पुगाउने होला भन्ने विश्वास लिएपनि संसद्को रेकर्डबाट हटाउनु दुःखद् भएको टिप्पणी गरे ।
उनले चीनका राष्ट्रपतिलाई नेपालले गैंडा उपहार दिएको र चीनले विगतमा आफूहरुलाई रेड पाण्डा दिएको इतिहास पनि स्मरण गराए । तर, अहिले प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा नेपाललाई मुर्रा रांगा दिईएकोबारे आलोचना भएकोमा उनले गुनासो पोखे । उनले भने,‘अहिले जताततै रांगा र भैंसीमात्रै देखिन्छ । कमसेकम हामी अब परिवर्तन हुनुपर्छ । मुलुक २१ खर्ब व्यापार घाटाको मारमा छ । वैदेशिक ऋणमात्रै १० खर्ब ७० अर्ब छ ।’
मुलुकमा गलत राजनीतिक संस्कार हाबी भएको उनको गुनासो छ । उनले भने,‘राजनीति अर्को बाटोबाट हिँड्न खोजेको छ । हामीले राणाशासनको इतिहास पढ्यौं । एउटा राणाले अर्को राणालाई सिध्याएर पावरमा गएका छन् । अहिले पनि त्यही खुट्टा तान्ने प्रवृत्ति छ । राम्रो गरेकोलाई ठीक गरिस भन्नुपर्छ ।’
नेता खतिवडाले नागरिकता विद्येयक प्रमाणीकरण भएकोमा कसैले पनि विरोध गर्नुको अर्थ नभएको जिकिर गरे । उनले भने,‘यो विद्येयकमा एउटा हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने कुरा गरिएको छैन् । हिजो केपी ओली सरकारको नेतृत्वमा हुँदा ल्याएको अध्यादेशजस्तै हो । त्यो अध्यादेशमा भएको कुराको कमा र फूलस्टेप चेन्ज गरेको छैन् । सार्वभौम संसद्ले दुई÷दुई पटक विद्येयक पारित गरेर पठाएको थियो । तत्कालिन राष्ट्रपति विद्या भण्डारीलाई त्यो सदनले पारित गरेर पठाएको विद्येयक होल्ड गर्ने अधिकार थिएन । राष्ट्रपति कार्यालय त अविछिन्न संस्था हो । अहिलेको राष्ट्रपतिज्यूले हिजोको कामलाई निरन्तरता दिनुभएको छ । नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिने कुरा गरिएको छ । भ्रमको काममा कोही नलागिदिनुहोस । अहिले त यो सर्वोच्च अदालतको विचाराधिन विषय बनेको छ । कानूनी राज्यलाई दह«ो बनाउनुपर्छ । सर्वोच्च अदालतको निर्णय सधैं सम्मान गरिनेछ ।’
उनले अहिले बजेट समावेशीताको आधारमा नआएको भन्ने गुनासो रहेको पनि उल्लेख गरे । उनले भने,‘केही नेताका ठाउँमा बजेट बढि राखिएको देखियो । यो सरासर गल्ती हो । बजेट समावेशी भएन । नाता र दातामा लग्ने प्रवृत्ति देखियो । बजेट सारै खत्तम नै भयो भन्ने कुरा पनि आयो । तर, त्यस्तो पनि होईन । हिजोको दिनमा सिसिटिभी पनि गायबै भएको देखियो । अहिले करको दर हेरफेर गरियो भनेर कुरा आयो । रामकृष्ण श्रेष्ठले टाइप गरेको विषयमा, अहिलेको अर्थमन्त्रीले बजेट चुहाउनुभयो भन्ने छैन् ।’
उनले एमालेसँगको गठबन्धन बन्नेबारे तत्काल कुनै सम्भावना नरहेको जिकिर गरे । एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले मुुकलाई निकास दिनको लागि प्रचण्डबाट मुलुकलाई मुक्त गराउनुपर्ने कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने आवश्यकत्ता औंल्याएका थिए ।
सो सम्बन्धमा जवाफ दिने क्रममा नेता खतिवडाले भने,‘अहिले यहाँ गठबन्धनको कुरा पनि आयो, कोहीसँग सधैं पानी बाराबार हुनुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस छैन् । हिजो संगै हिँडेका साथीहरु एक हुनुपर्छ । तर, आज÷भोलि नै सत्ता परिवर्तन हुँदैन । यो सम्भावना मैले देखेको छैन् । तर, भविष्यमा मिलेर जाने आधार धेरै छन् । मुलुक गाली गरेर बन्दैन । मिलेर जाँदा नै देश बन्छ ।’







डिसी नेपाल








Facebook Comment