उरुग्बेलाई फिफा यू-२० को उपाधि
ब्युनर्स आयर्स। फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ।
अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
निकै रोचक तथा प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो। तर, खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले अन्ततः उरुग्वेलाई विश्कप बिजेता बनाउन सफल भयो।
उरुग्वेले विश्वकपको उपाधि उचालेको यो पहिलो पटक हो, यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधी उचाल्न उसले मौका पाएको थियो। उरुग्वेको जीतसँगै पहिलो पटक यू-२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो।
अहिलेसम्म यू-२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ। अर्जेन्टिनाले ६ पटकसम्म उपाधी उचाल्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment