इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान

डिसी नेपाल
३२ जेठ २०८० १५:१२
72
Shares

पाटन। इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ।

भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिपक लामाले जानकारी दिए।

यही जुन १७ र १८ तारिखमा भारतको उत्तर प्रदेशको गाजियावादस्थित लिलावती पब्लिक स्कुल प्रताप विहारमा कराते प्रतियोगिता सञ्चालन हुँदैछ। स्थलमार्ग हुँदै त्यसतर्फ प्रस्थान गरेको टोलीमा १४ खेलाडीसहित २० जना सहभागी छन्।

बुधबार साँझ सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका कार्यवाहक अध्यक्ष रमेश तामाङले प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई खादा लगाएर शुभकामनासहित बिदाइ गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *