शेखर कोइराला भन्छन्- मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्वराजा भनेको छैन

डिसी नेपाल
२ असार २०८० १३:३८
404
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्वराजा नभनेको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिएका हुन्। उनले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालबाट सेयर गरेका छन्।

‘कांग्रेस नेता डा शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो- ‘म राजालाई कहिल्यै ‘पूर्वराजा’ भन्दिन नि! मैले त भन्ने गरेको छु- ‘हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र जस्ता अनेकौं डिब्बामा चढेर यात्रा गरिरहेका छौं। गन्तव्यमा चाहीँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् ,ती हुन् ‘राजा’।’

उनले अझै अगाडि लेखेका छन, ‘मैले सोधेँ, तपाईंको यो भनाइ म उद्दरण गर्न सक्छु’ , ‘उहाँले भन्नुभयो- किन नसक्नु ? मैले सार्वजनिक रूप मै भनेको कुरा हो यो।’

आफ्नो पुस्तक हस्तान्तरण गरेको तस्विरसमेत सार्वजनिक गर्दै मिश्रले  कोइरालाको सो धारणा बाहिर ल्याएका हुन्।

‘विचार भन्दा माथि देश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला ?’,  त्यसपछि उनले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *