एमाले सरकारमा नहुँदा अर्थतन्त्र निरन्तर ओरालो लाग्यो : केपी ओली

डिसी नेपाल
२ असार २०८० १४:४४
232
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका छन्।

शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएकोसमेत उनले बताएका छन्।

सो प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफनो पालामा झन्डै ८ प्रतिशत बद्धीको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएकोसमेत ओलीले बताएका छन्। आफु सरकारबाट हटे पछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेकोसमेत दावी गरेका छन्।

‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन्। एमाले विरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ?’, उनले भने, ‘अहिले अर्थतन्त्रको अवस्था दिन प्रतिदिन निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अलमल्याएका छन्, भ्रममा पारेका छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *