समाजवादी मोर्चा घोषणाको पूर्वसन्ध्यामा ओली भेट्न किन पुगे वामदेव ?
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न आइतबार गौतम च्यासलस्थित एमाले मुख्यालय पुगेका थिए ।
एमाले फर्किन लागेको चर्चाबीच ओलीलाई भेट्न गौतम च्यासल पुगेका हुन् । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई एमाले फर्किन बाटो खुला भएको थियो । सो प्रावधान हटेलगत्तै आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको गौतमले बताएका थिए ।
सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादको लक्ष्य बोकेका दलहरुबीच समाजवादी मोर्चाको औपचारिक घोषणा हुँदैछ। गौतमको दल पनि उक्त मोर्चामा सहभागी हुने बताइएको थियो ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र सरकार बाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले संयुक्त मोर्चाका रुपमा मोर्चाको घोषणा हुन लागेको हो ।
गौतम पनि अन्तिम समयसम्म मोर्चामा सहभागी हुने भन्दै बैठकमा सहभागी भएका थिए। उनलाई पनि सहभागी गराउने नेताहरुले दाबी गरेका थिए।
एमालेको ७० बर्षे उमेरहदको प्रावधान हटेपछि एमालेमा फर्कने आकांक्षा समेत व्यक्त गरेका थिए। यद्यपि पछिल्लो समय समाजवादी मोर्चामा सहभागी हुने सार्वजनिक रुपमा बताउँदै दलहरुसँग बैठकमा निरन्तर सामेल भएका थिए।।
तर, अन्तिम अवस्थामा फेरि एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका गौतम समाजवादी मोर्चामा सहभागी नहुने सम्भावना बढेको छ।







डिसी नेपाल








Facebook Comment