समाजवादी शक्तिलाई एकताबद्ध गर्नका लागि समाजवादी मोर्चाः माधव नेपाल

डिसी नेपाल
३ असार २०८० २०:३३
140
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी शक्तिहरुलाई एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा बनाउन खोजिएको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निश्चित बिचार मिल्ने समाजवादी शक्तिहरु एक हुनु स्वभाविक रहेको भन्दै समाजवादी शक्तिहरुलाई एकीकृत गर्न मोर्चा बनाउन खोजिएको बताए।

उनले समाजवादी मोर्चाका कारण कोहि पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै मोर्चामा आगामी दिनमा अन्य दललाई पनि गोलबन्द बनाउने धारणा राखे।

राम्रो उदेश्यका लागि एक ठाउ आउदा विरोध गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ। माओवादी केन्द्र, नेकपा समाजवादी लगाएतका दलले सोमबार समाजवादी मोर्चा घोषणा गर्दैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *