समाजवादी मोर्चाप्रति बाबुरामको भद्र आक्रोश
काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न चार राजनीतिक दलले आज घोषणा गरेको समाजवादी मोर्चाप्रति भद्र आक्रोश पोखेका छन्।
समाजवादी मोर्चाका सूत्रधार बाबुरामलाई नै आउट गरेर संविधान प्रदत्त समाजवाद स्थापना गर्ने भन्दै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताले अवधारणापत्रमा हस्ताक्षर गर्दै मोर्चा घोषणा गरेपछि उनले ट्विट गर्दै आक्रोश पोखेका हुन्।
उनले यो मोर्चालाई संसदीय अंकगणित मिलाएर र जालझेल गरेको संज्ञा दिएका छन्।
‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्!’ उनले भनेका छन्।








डिसी नेपाल








Facebook Comment