संविधान बनाउने र संविधान च्यात्ने दलहरु एकै ठाँउ रहेकाले समाजवादी मोर्चा धेरै दिन टिक्दैन : योगेश भट्टराई

डिसी नेपाल
५ असार २०८० १९:२१
80
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरु अस्थीत्वको संकटमा रहेको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै समाजवादी मोर्चा बनाएका माओवादी, जसपा लगाएत दलहरु अस्तीत्वको संकटमा रहेको बताएका हुन् । कांग्रेस र एमालेसंग नमिल्ने हो भने माओवादी पाँच देखि आठ सिट र नेकपा समाजवादी शुन्य सिटमा आउने अवस्था रहने उनले बताए । उनले समाजवादी मोर्चाको कुनै औचित्व नरहेको भन्दै संविधान बनाउने र संविधान च्यात्ने एकै ठाँउ रहेकाले धेरै दिन नटिक्ने तर्क गरे । भट्टराईले मोर्चा विगतको इतिहास बताएर गर्व गर्ने पौढहरुको क्लव भएको बताए ।

उनले समाजवादी मोर्चालाई नियालिरहेको भन्दै मोर्चाका कारण एमालेलाई कुनै दवाव नभएको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.