बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

डिसी नेपाल
७ असार २०८० ११:२९
888
Shares

काठमाडौं। बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन्।

उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन्। रास्वपाले स्थापना दिवसकाे अवसर पारेर बैंकर शाहलाई पार्टी प्रवेश गराएकाे हाे। यसअघि शाह एमाले निटक मानिन्थे।

रास्वपाले आज स्थापना दिसव मनाउँदै छ। दिउँसाे एक बजे रास्वपाले चियापानकाे कार्यक्रम राखेकाे छ जहाँ पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ।

उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संबैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ।

सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.