रास्वपाको चियापान कार्यक्रममा बाबुराम भट्टराईले भने- ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छ
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ८४ सालको चूनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताएका हुन् । समाजवादी मोर्चामा सहभागी नभएको बिषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा भट्टराईको यस्तो धारणा आएको हो । उनले अवको नयाँ एजेण्डा सम्बोधन गर्न नयाँ पार्टी चाहिन्छ भनेर पहल गर्नेमा आफु रहेको र नयाँ शक्तिका रुपमा रास्वपा अगाडी आएकोमा आफु अत्यन्त खुसी भएको जिकिर गरे ।
त्यस्तै भट्टराइले लोकतन्त्रमा बिचार फरक र प्रतिष्पर्धा हुन सक्ने भएपनि नेपालीले चाहेको नयाँ पन नै भएको उल्लेख गरे ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment