‘देश विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको छ’
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देशको समग्र विकासका निम्ति सरकारले लिएका नीतिगत प्राथमिकता र विभिन्न विषयगत क्षेत्रका विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताएका हुन्।
उनले मानव विकासमा पछि परेको कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्रोतसाधनको न्यायपूर्ण विनियोजन गरिएको दावी गरे।
प्रधानमन्त्री दाहालले मुलुकको वर्तमान संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिवद्धत रहेको दाबी गरे।
उनले रासायनिक मलको आपूर्तिलाई प्रभावकारी बनाइएको भन्दै यस बर्ष ३ लाख ५१ हजार मेट्रिक टन आयात गरिएकाले मलको अभाव नहुने जिकिर गरे।
प्रधानमन्त्री प्रचण्डले बाढिपहिरोका कारण निकै धनजनको क्षति भएकाले प्रभावित क्षेत्रमा राहत उद्दार र पुनस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाइएको बताए। उनले भौगोलिक अवस्थाका बारेमा अध्ययन गरेर बिकासको मोडललाई परिवर्तन नगर्ने हो भने यस्ता घटनाहरु भइरहने भएकाले सरकारले आवश्यक तयारी गरिरहेको बताए।
सा र्वजनिक खर्चमा परेको चापसमेतलाई मध्यनगर गरि राष्ट्रिय दुग्ध विकास बोड खारेज गरिएको उनले बताए। उनले भारत भ्रमणका क्रममा दीर्घकालीन प्रारम्भीक ऊर्जा सम्झौता भएको र यो देशको हितका लागि हुने दावी गरे।







डिसी नेपाल








Facebook Comment