प्रवासमा राप्रपाको एजेन्डाको पक्षमा राम्रो जनमत छ : अध्यक्ष लिङ्देन

डिसी नेपाल
९ असार २०८० ८:४२
548
Shares

काठमाडाैं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी निकट प्रवासी नेपाली एकता समाज (पानस)को अन्तराष्ट्रिय भेलालाइ सम्बोधन गरेका छन्।

विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता समाजका अगुवा भेलालाई अध्यक्ष लिङ्देनले भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन्। अन्तर्राष्ट्रिय समन्वय समिति (पानस)ले कार्यक्रमको संयोजन गरेको थियो।

यसअघि काठमाडौंमा पानसको अन्तर्राष्ट्रिय समिति र केन्द्रीय प्रवास विभागको संयुक्त बैठकले राष्ट्रिय समन्वय समिति र अन्तर्राष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको थियो।

भर्चुअल बैठकबाट अगस्ट ३१ सम्ममा राष्ट्रिय समन्वय समितिको र अक्टोबर २७, २८ मा अन्तराष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिएका छन्।

विभिन्न देशमा हुने राष्ट्रिय समन्वय समितिको अधिवेशनमा पार्टीको नेतृत्व तहको कार्यतालिका बनाइ सहभागी गराउने विषयमा पनि बैठकमा छलफल भएको छ।

बैठकमा अध्यक्ष लिङ्देनले पार्टीको एजेन्डाको पक्षमा प्रवासमा रहेका नेपालीको चासो, चिन्ता र सरोकार हुने गरेको पाएको बताए। “हाम्रो वैचारिक पक्ष सबल छ, प्रवासमा रहेका नेपालीको आकर्षण पनि छ तर हाम्रो समन्वयको कमी छ, यसमा सुधार गर्न प्रवास विभाग, पानसको राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिले आवश्यक कार्ययोजना बनाउनुपर्छ”, लिङ्देनले भने।

राप्रपाको ४० भन्दा बढी देशमा पार्टीको संगठन रहेको र थप केही देशमा संगठन संरचना बनाउने गरि छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.