माधव नेपाल भन्छन्- ‘समाजवादी मोर्चाप्रति देउवा खुसी हुनुहुन्छ’
फाइल फाेटाे।
रौतहट। एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताएका छन्।
गृह जिल्ला रौतहट आएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा देखेर देउवा खुसी भएको प्रतिक्रिया दिएका हुन्।
कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उनको भनाइ थियो । ‘बाहिर मिडियामा झुठो प्रचार गरियो। सिंगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो। यो सरासर गलत हो,’ उनले भने।
यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताएका थिए। मोर्चा गठनले केहीको ‘निद हराम’ भएको र केहीलाई हैरान गरेको पनि उनको जिकिर छ।







डिसी नेपाल








Facebook Comment