नेपाली सेनाको संख्या कटौती गर्नु हुँदैन : रक्षामन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न नहुने बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली सेनाको संख्या कटौती गर्नु उपयुक्त नहुने बताएका हुन्।
नेपाली सेनाको जिम्मेवारी बहुप्रकृतिको भएकाले संख्या कटौती गर्न नहुने भन्दै रक्षामन्त्री खड्काले सोहीअनुसार बुझिदिन आग्रह गरे।
नेपाली सेनाको संख्या उसलाई दिएको बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्नुपर्ने भन्दै उनले भने, ‘विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौति तथा खतराहरुको सामना गर्नु परिरहेको छ। बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतंकवाद, आर्थिक संकट, महामारी लगायतका सुरक्षा चुनौतिहरुले मानव जीवनमानै कठिनाई निम्त्याईरहेका अवस्थाहरु छन्।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment