रास्वपाकाे अवराेधपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं। प्रतिनिधिसभाा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध एमाले र रास्वपाका सांसदहरुले विरोध जनाए।
उनीहरुले उठेर विरोध जनाउँदै उक्त निर्णय फिर्ता लिनुपर्ने र यसबारे सरकारबाट जवाफ नआउँदासम्म सदन चल्न नसक्ने अडान लिए । सभामुख देवराज घिमिरेले पटक पटक सदन चल्न दिन अनुरोध गरे।
तर, उनीहरुले नमानेपछि सभामुख घिमिरेले मंगलबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment