निर्वाचन आयोगको जिल्ला संरचना अहिले कै अवस्थामा कायम रहन्छ: अर्थमन्त्री

डिसी नेपाल
१२ असार २०८० १३:२२
44
Shares

काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन आयोगको जिल्ला संरचना अहिले कै अवस्थामा कायम रहने बताएका छन्।

जिल्ला निर्वाचन कार्यालय खारेजी गर्न लागिएको भन्दै एमाले र रास्वपाले विरोध जनाएपछि मंगलबार प्रतिनिधिसभाको दोश्रो बैठकमा यस बिषयमा जानकारी दिँदै अर्थमन्त्री महतले निर्वाचनको स्वतन्त्रताको पक्षमा आफूहरु रहेको भन्दै आयोगको जिल्ला संरचना अहिले कै अवस्थामा कायम रहने बताएका हुन्।

उनले जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहन्छ, त्यस्तै अवस्थामा रहने बताए। निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको कुनै मनाशय नभएपनि भुलबस बजेटमा खारेजी भन्ने शव्द परेको उनको भनाइ छ।

उनले प्रशासन कार्यालय परिसरमा नै जिल्ला निर्वाचन कार्यालय राख्ने तयारी भएपनि सरोकारवाला सवैसंग कुराकानी भएपछि निर्वाचन आयोगको जिल्ला संरचना हटाउने कुनै योजना नरहेको दाबी गरे।

उनले आयोगको स्वतन्त्र अस्तित्व र काम कारवाहीमा देखिएका व्यवधान समाधान गर्न सरकार तयार रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.