सत्ता गठबन्धन पाँचै बर्ष चल्छः विमलेन्द्र निधि

डिसी नेपाल
१२ असार २०८० २०:०४
68
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन पाँचै बर्ष चल्ने दाबी गरेका छन्।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौमा आयोजना गरेको समाज सेवा र शान्ति विषयक विचार गोष्ठीमा निधिले मुलुकको प्रणालीलाई सफल कार्यान्वयन गर्नका लागि पनि वर्तमान गठबन्धन पाँच बर्ष नै चल्ने भन्दै कुनै भ्रममा नपर्न सुझाव दिए।

उनले कुनै हालतमा गठबन्धन नटुट्ने समेत स्पष्ट पारे। निधिले पाँच बर्ष सँगै हिडेपनि ८४ को निर्वाचनमा भने कांग्रेस एक्लै लड्नुपर्ने र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए।

उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागतका गर्नका लागि सवैले ध्यान केन्द्रीत गर्नुपर्ने भन्दै उपलव्धीलाई संस्थागत नसके गठबन्धन, समाजवादी मोर्चा लगाएत सबै निरर्थक रहने जिकिर गरे।

निधिले उमेरको बहस गर्नुभन्दा पनि बिचारको बहस गर्दै पार्टीलाई बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्न सुझाव दिए।

कार्यक्रममा कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिमा भोट ल्याउने तरिका परिवर्तन भएको भन्दै कांग्रेसका राम्रा कामको प्रचार भए ८४ को निर्वाचनमा चुनाव जित्न कसैसँग गठबन्धन गर्न नपर्ने बताए।

उनले कांग्रेसको क्रियाशिल सदस्यता लिन चाहने सबैलाई प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.