भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डिसी नेपाल
२६ असार २०८० ६:२१
36
Shares

भाेजपुर। भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ। राष्ट्रिय खोप तालिका अनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो।

यहाँका नौ  स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि सोमबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले जानकारी दिए।

‘निर्धारित उमेर समुहका बालबालिकाले सम्पूर्ण खोप लगाएसँगै भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छौं’उनले भने, ‘यो अभियान जारी रहन्छ। सवै स्थानीय तहलाई यस अघि नै घोषणा गरेर आज जिल्ला घोषणा गर्न सफल भएका हौं।’

यो घोषणासँगै भोजपुर कोशी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने चौथो जिल्ला बनेको स्वास्थ्य कार्यालयले जनाएको छ।

आगामी दिनमा बालबालिकालाई सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गराउन सबैले भूमिका खेल्नु पर्ने कार्यक्रमका सहभागिहरुले बताएका छन्।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्।  सो अवसरमा जिल्लाका नौवटै स्थानीय तहलाई सम्मानसमेत गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *