प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन

डिसी नेपाल
२७ असार २०८० ९:२२
2.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान उपचारको क्रममा उनको नर्भिक अस्पतालमा निधन भएको हो।

आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन्। उनका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई विहान अस्पताल ल्याइएको  र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो। अस्पतालले उनको निधन कार्डियक अरेष्टका कारण भएको बताएको छ।

उनी लामो समयदेखि अस्वस्थ थिइन्। उनलाई पीसीपी रोग थियो। यो रोगलाई दुर्लभ मानिन्छ। रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *