युक्रेनको अन्न निर्यात सम्झौता रूसले रद्द गरेपछि राष्ट्रसंघले के भन्यो ?

डिसी नेपाल
२ साउन २०८० १५:०४
180
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनबाट ब्ल्याक सी हुँदै अनाज ढुवानी गर्न रुससँगको सम्झौताको अन्त्य भएकोमा आफूलाई “गहिरो दुख” लागेको बताएका छन्।

“रूसको आजको निर्णय खाँचोमा परेकाहरूलाई झटका हुनेछ। भोकमरीको सामना गरिरहेका लाखौं मानिसहरू र बढ्दो मूल्यबाट पीडित उपभोक्ताहरूले मूल्य तिर्नेछन्,” उनले न्यूयोर्कमा संयुक्त राष्ट्रको मुख्यालयबाट जारी विज्ञप्तिमा भने।

उनले सम्झौता स्थगन हुनुको अर्थ रुसको खाद्यान्न तथा मल निर्यातलाई सहजीकरण गर्ने उद्देश्यले गरेको अर्को सम्झौता पनि टुङ्गिएको बताए ।

“हाम्रो मुख्य फोकस विश्वव्यापी खाद्य सुरक्षा र विश्वव्यापी खाद्य मूल्य स्थिरतालाई अगाडि बढाउने छ,” उनले भने।

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसलाई “पूर्ण रूपमा अनुचित” भने र रसियाले “जनताको भोकलाई हतियार बनाएको” आरोप लगाए।

यसअघि रुसी प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनलाई ब्ल्याक सी हुँदै अनाज पठाउन दिने सम्झौतालाई थप नगरिने जानकारी दिएका थिए ।

संयुक्त राष्ट्रसंघ, टर्की र रुसले इस्तानबुलमा सम्झौताका लागि वार्ता गरिरहेका थिए तर तिनीहरूको सर्त पूरा भएको छैन।

युक्रेन विश्वको प्रमुख अनाज उत्पादक राष्ट्रमध्ये एक भएकोले विश्वव्यापी खाद्य सुरक्षाको रक्षा गर्न संयुक्त राष्ट्र संघ र टर्कीले गत वर्ष यो सम्झौता गरेका थिए।

युक्रेनी ढुवानीलाई अनुमति दिने बदलामा, रूसले आफ्नो अन्न र मलका लागि थप अन्तर्राष्ट्रिय ग्राहकहरू चाहन्छ। साथै उनीहरूको भुक्तानीको लागि थप मद्दत चाहन्छ।

शनिबार, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने कि रूसले आफ्नो खाद्यान्न निर्यात र अन्य प्रमुख प्रावधानहरूमा अवरोधहरू हटाउने प्रतिबद्धता पूरा गरेको छ।

अन्तिम जहाजले सम्झौताको म्याद सकिनु अघि हिजो ओडेसा बन्दरगाह छोडेको थियो।

पछिल्लो एक वर्षमा युक्रेनले तीन करोड टन गहुँ निर्यात गर्न सफल भएको छ । युक्रेन विश्वको सबैभन्दा ठूलो अन्न उत्पादक हो। यहाँबाट आउने अन्न विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *