मन्त्री मोदीद्वारा स्टाफ कलेजको निरीक्षण

डिसी नेपाल
५ साउन २०८० २२:३०
40
Shares

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को आज आकस्मिक निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री मोदीले स्टाफ कलेजको प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रालय साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री मोदीले भने, “प्रशासनिक तथा व्यवस्थापकीय सुधारको माध्यमबाट सुशासन कायम गर्नका लागि मन्त्रालय र मातहतका निकायको नियमित अनुगमन गरिरहेको छु, मैले पदभार ग्रहण गर्दाखेरी नै सुशासन कायम गर्ने विषय मेरो प्राथमिकतामा छ भनेको थिए, सुशासन कायम गर्ने सिलसिलामा नै हामीले अहिले मन्त्रालय र मातहतको निकायको नियमित अनुगमन गर्दै आएका छौँ ।”

मन्त्रीसँगै मन्त्रालयका सचिव डा कृष्णहरी पुष्करले स्टाफ कलेजको निर्माणधीन संरचनाको पनि निरीक्षण गरेका थिए । स्टाफ कलेजका कार्यकारी निर्देशक डा राजन खनालले स्टाफ कलेजबाट भइरहेको काम र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।

मन्त्री मोदीले प्रशासकीय तथा व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार विभिन्न कार्यालयको नियमित अनुगमन गर्दै आएका छन् । उनले यसअघि पटकपटक मन्त्रालय, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय किताबखाना (निजामती)लगायतका कार्यालयको अनुगमन गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *