हजारौं मानिसहरूले भारतको नागरिकता त्याग्दै

डिसी नेपाल
६ साउन २०८० ११:४०
1.8k
Shares

काठमाडौं । यस वर्षको जुन महिनासम्म ८७ हजारभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेका छन् । परराष्ट्रमन्त्री एस. जयशंकरले यो जानकारी दिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार विदेशमन्त्री एस. जयशंकरले शुक्रबार लोकसभामा एक प्रश्नको जवाफमा भने कि यस वर्ष जुनसम्म ८७,०२६ भारतीय नागरिकता त्यागेर विदेश गएका थिए।

उनले भने, “२०२२ मा कुल २,२५,५२० जनाले देशको नागरिकता छाडेका थिए, २०२१ मा यो संख्या १,६३,३७० थियो भने २०२० मा यो संख्या ८५,२५६ थियो। २०१९ मा १,३४,५६१ जनाले देश छोडेका थिए।”

परराष्ट्रमन्त्रीले भने, “विगत दुई दशकमा ठूलो संख्यामा भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी खोजिरहेका छन्। धेरैले व्यक्तिगत सुविधाका लागि विदेशी नागरिकता लिएका छन्।”

उनले यति ठूलो संख्यामा देशबाहिर बसेका भारतीयहरु आफ्नो सम्पत्ति भएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *