माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

डिसी नेपाल
८ साउन २०८० १०:१८
96
Shares

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने ‘नेसनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड, २०२२) बाट सम्मानित भएको छ। बैंकले बैंकिङ क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’अवार्ड प्राप्त गरेको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो।

माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *