फलफूल तथा तरकारीको मूल्य : अंगुर ४५० रूपैयाँ, डल्लेच्याउ ३०० रुपैयाँ

डिसी नेपाल
९ साउन २०८० ८:५९
272
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १०० रूपैयाँ, टनेल गोलभेडा सानो ५८ रूपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४८ रूपैयाँ, घिउ सिमी लोकल ३० रूपैयाँ, कुरीलो प्रतिकेजी २५० रूपैयाँ, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८ रूपैयाँ, भारतीय आलु रातो ३५ रूपैयाँ, लौका ५० कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर ११० रूपैयाँ, बन्दा लोकल १२ रूपैयाँ, मूला रातो ३० रूपैयाँ, भन्टा लाम्चो ३० रूपैयाँ, मकै बोडी ५० रूपैयाँ, टाटे सिमी ८० रूपैयाँ, ब्रोकाउली ८० रूपैयाँ, कागती १५० रुपैयाँ, भिण्डी ३५ रूपैयाँ, न्यूरो ५० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काक्रो ५० रूपैयाँ, गुन्दुक २५० रूपैयाँ, अदुवा प्रतिकेजी २७० रूपैयाँ रहेको समितिले जनाएको छ।

समितिका अनुसार केरा दर्जन १५० रूपैयाँ, अनार ३५० रुपैयाँ, नासपाती ६० रूपैयाँ, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५० रूपैयाँ, किवि ८०० रूपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१० रूपैयाँ, छडी माछा २४० रूपैयाँ, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप १५० रूपैयाँ, हरियो धनिया ८० रूपैयाँ, लसुन हरियो ७० रूपैयाँ, खु्र्सानी सुकेको ४५० रूपैयाँ, नेपाली लसुन २१० रूपैयाँ, चाइनिज लसुन २७० रूपैयाँ, रुख कटहर ४० रूपैयाँ, भेडे खु्र्सानी ८० रूपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *