एनआईसी एसिया बैंकको ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
९ साउन २०८० ९:५७
364
Shares

काठमाडौँ। एनआईसी एसिया बैंकको ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यस सेयरमा विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउने छन्। यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

लगानीकर्ताले यस सेयरमा न्यूनतम १ लाख कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। यस सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले साउन १८गतेभित्र आफूले दिन चाहेको सेयर संख्या खुलाई काठमाडौँको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलमा आवेदन दिनुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *