सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौँ। सानिमा बैंकको २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयरमा हाल कायम संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।
यस सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आफूले दिन चाहेको सेयर संख्या खुलाई काठमाडौँको नक्साल नारायणचौरस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्था सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment