चिनियाँ परराष्ट्रमन्त्री बर्खास्त

डिसी नेपाल
९ साउन २०८० १९:२३
644
Shares

काठमाडौं । चीन सरकारका परराष्ट्रमन्त्री छिन काङ पदबाट बर्खास्त भएका छन्।

तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए। उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन।

राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ।

अब परराष्ट्रमन्त्रीको जिम्मेवारी वाङ यीले पाउने छन्। नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन्। उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री थिए। गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए।

५७ वर्षीय काङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूतसमेत थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *