भारतबाट बिहे गर्न पाकिस्तान पुगेकी अन्जुसँग सोधपुछपछि पाकिस्तान प्रहरीले के भन्यो ?
काठमाडौं । फेसबुकमा मित्रतापछि भारतकी अन्जु पाकिस्तानी प्रेमी नसरुल्लाहलाई भेट्न पाकिस्तान पुगिन् । पछिल्लो दुई दिनदेखि भारत र पाकिस्तानका सञ्चारमाध्यममा यो खबर छाएको छ ।
अन्जुले बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा भनिन्, “म नसरुल्लाहसँग विवाह गर्न इस्लाम स्वीकार गर्दिन। म छिट्टै भारत फर्कनेछु, मेरो परिवारलाई डिस्टर्ब नगर्नुहोस्।” पाकिस्तानी प्रहरीले अन्जु र नसरुल्लाहसँग पनि सोधपुछ गरेको थियो।
पाकिस्तानका जिल्ला प्रहरी अधिकारी मुश्ताक खानले मंगलबार मिडियालाई भने, “हाम्रो सोधपुछमा हामीले कुनै इन्गेजमेन्ट वा बिहेको कुरा सुनेका छैनौं। उनी फेसबुक मित्रताका कारण पाकिस्तान आएकी हुन्।”
खानले भने, “अब के गर्ने भन्ने निर्णय यो परिवारले गर्नेछ। यो उनीहरूको घरेलु मुद्दा हो। हामीले अन्जुका कागजपत्रहरू हेर्यौं, कागजातहरू सही छन्। अन्जुसँग एक महिना बस्ने एनओसी छ।”
उनले भने, “अन्जु सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्रै पाकिस्तान आएकी छिन्। हामीले नसरुल्लाहलाई २१ तारिखअघि अञ्जुले पाकिस्तान छाड्नुपर्छ भनिसकेका छौं। जब उनी जान्छिन्, उनलाई सुरक्षासहित जान दिइनेछ।”
अन्जु पाकिस्तान आउनुमा नसरुल्लाहको भूमिकाबारे पाकिस्तान प्रहरीले भन्यो, “दुबै जना फेसबुकमा साथी बने, त्यसपछि प्रेम भयो। नसरुल्लाहले अन्जुलाई भिसा दिन अपिल गरेका थिए। त्यही आधारमा पाकिस्तानको दूतावासले अन्जुलाई भिसा दिएको थियो।”
मुश्ताक खानले भने- हामी अन्जुको सुरक्षाको ख्याल गर्नेछौं।
No ads found for this position

डिसी नेपाल
Facebook Comment