नरेन्द्र मोदीविरुद्ध कांग्रेसको अविश्वासको प्रस्ताव सभामुखद्वारा स्वीकृत

डिसी नेपाल
१० साउन २०८० १३:४५
624
Shares

काठमाडौं । कांग्रेसले बुधबार मणिपुरको मुद्दामा केन्द्रको नरेन्द्र मोदी सरकारविरुद्ध अविश्वास प्रस्तावको सूचना दिएको छ। यो सूचना ल्याउन लोकसभा अध्यक्षले अनुमति दिएका छन्।

सभामुखले भने– ‘यो प्रस्तावलाई अनुमति छ, सबै दलका नेतासँग छलफल गरेर नियमानुसार छलफलको मिति बताउँछु ।’

समाचार एजेन्सी पीटीआईले कांग्रेस सचेतक मणिकम टैगोरलाई उद्धृत गर्दै गौरव गोगोईले लोकसभामा अविश्वास प्रस्ताव ल्याउने बताएको छ।

उनले भने कि अविश्वास प्रस्ताव विपक्षीहरूको संयुक्त निर्णय हो तर असमका सांसद गोगोईले यसलाई प्रस्तुत गर्नेछन्।

उनले भने, “इण्डिया गठबन्धन एकसाथ छ र यो इण्डिया गठबन्धनको विचार हो।”

टैगोरले भने, “कांग्रेस पार्टीका नेताहरूले प्रस्ताव पेश गर्नेछन्। हामी विश्वास गर्छौं कि यो सरकारको अहंकार तोड्न अन्तिम हतियारको रूपमा प्रयोग गर्नु हाम्रो कर्तव्य हो ताकि यो सरकारले मणिपुरको विषयमा बोलोस्।”

बुधबार बिहान ९ बजेर २० मिनेटमा सभामुखको कार्यालयमा सूचना दिएको उनले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *