राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सकुशल उद्धार
बाँके। बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको वहाव बढेपछि भंगालोमा फसेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामाग्रीसहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्धार गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment