सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ

डिसी नेपाल
१० साउन २०८० १९:३९
656
Shares

काठमाडौं। सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ परेका छन्। एक क्वीन्टल सुन तस्करी प्रकरणमा दोषि रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो।

उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।

यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन हङकङबाट ल्याइएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *