विमानस्थलमा पुनः अवैध सुन फेला
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनः अवैध सुन बरामद गरेको छ।
अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्रेको हो।
हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment