फिलिपिन्समा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

डिसी नेपाल
१२ साउन २०८० ९:०२
160
Shares

मनिला। फिलिपिन्समा डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ।

राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ।

बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए। उद्धार कार्य जारी छ।

यसैबीच, कोस्ट गार्डले भने कि तीव्र हावाको समयमा सबै यात्रुहरू डराए र एकतर्फ सरेका थिए, जसले गर्दा जहाज पल्टिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *