कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा विभिन्न पुरस्कार प्रदान

डिसी नेपाल
१२ साउन २०८० १३:००
44
Shares

काठमाडौं। कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले एक कार्यक्रममाकाबीच ‘सेवा पुरस्कार नेपाल २०८०’ नेपाल आँखा अस्पताल तथा ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार २०८०’ समाजसेवी भरतबहादुर थापालाई समर्पण गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि त्रिविविका उपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई पुरस्कार समर्पण गरे।

सम्बोधनका क्रममा उनले कर्मयोगी बद्रीविक्रम थापाको सामाजिक, प्रशासनिक योगदानको चर्चा गरे। माथेमाले थापाको आत्मकथा सबैका लागि प्रेरणादायी हुने बताउँदै आत्मकथा ल्याउनुपर्नेमा जोड दिए।

गुठीका सल्लाहकार तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले समाजसेवी भरतबहादुर थापालाई राष्ट्रगौरव पुरस्कार समर्पण गरे।

उक्त दुवै पुरस्कारकासाथ नगदराशि २ लाख २२ हजार २२२ पनि प्रदान गरियो। कार्यक्रममा प्रा.डा. लोकविक्रम थापाद्वारा स्थापित ‘बद्रीविक्रम थापा चरित्रनिर्माण पुरस्कार २०८०’ हिन्दु विद्यापीठ नेपाल, थलीकी छात्रा प्रतिमा सापकोटालाई समर्पण गरिएको थियो। पुरस्कारकासाथ नगदराशि १० हजार पनि प्रदान गरियो।

त्यसै अवसरमा गुठीको मुखपत्र वार्षिक पत्रिका ‘सेवा नेपाल’को ‘सत्यमोहन जोशी स्मृति अंक’ लोकार्पण गरिएको थियो।

कार्यक्रममा गुठीले कुलरत्न खड्की र न्हुच्छे माया शाहीलाई श्रम सम्मान समर्पण गर्यो भने श्रमिक बाल विज्ञान आधारभूत सामुदायिक विद्यालय, पुल्चोक तथा श्रीकृष्ण प्रणामी निजानन्द वृद्धाश्रम, पुल्चोकलाई आर्थिक सहयोग प्रदान गर्‍याे।

गुठीका कोषाध्यक्ष किरण थापाले संस्थाले शिक्षा, स्वास्थ्य, श्रम र साहित्यका क्षेत्रमा काम गर्दै आएको बताए।

कार्यक्रममा प्रा.डा. सुरेशराज शर्मा, राजनीतिज्ञहरू कमल थापा, शशी श्रेष्ठ, समाजसेवी भरतबहादुर थापा, डा. गोपालप्रसाद पोखरेल, डा. चिन्तामणि योगी, र सार्वजनिक पुस्तकका सम्पादक हरि मञ्जुश्रीले बोलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *