भारतका विपक्षी दलका २० सांसद आज मणिपुर जाँदै

डिसी नेपाल
१३ साउन २०८० ७:४२
132
Shares

नयाँदिल्ली। मणिपुरमा ८८ दिनदेखि हिंसा जारी छ। आज विपक्षी दलहरुको गठबन्धन (इन्डिया) का २० सांसदले मणीपुर राज्यको भ्रमण गर्नेछन्।

समाचार अनुसार उनीहरुले मणीपुर राज्यमा भइरहेको हिंसाको अवस्थाको जानकारी लिने र पीडितहरूसँग कुराकानी गर्नेछन्। त्यहाँबाट फर्केर मणिपुर समस्याको समाधानका लागि सरकारसँग कुरा गर्ने उनीहरुले जनाएका छन्।

गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ। महिला हिंसाका धेरै घटना बाहिर आएका छन् । यसबारे संसददेखि सर्वोच्च अदालतसम्म छलफल भइरहेको छ।

विपक्षीहरूले मणिपुर हिंसाको बारेमा प्रधानमन्त्री मोदीले सदनमा जवाफ माग गरिरहेका छन्।

उता, सर्वोच्च अदालतले सरकारले कारबाही नगरे अदालतले गर्ने जनाईसकेको छ भने सीबीआईले मणिपुरमा महिलालाई नग्न भएर घुम्न लगाएको मामिलामा अहिलेसम्म ७ जनालाई पक्राउ गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *