काेशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

डिसी नेपाल
१३ साउन २०८० १८:०८
252
Shares

काठमाडाैं। सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्षनेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

विशेष गरि काेशी प्रदेशमा सरकार गठन गर्ने विषयमा छलफल केन्द्रित भएकाे थियाे। सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ। सर्वाेच्चकाे

आदेशसँगै काेशी प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरिसकेका छन्। तर जटिल अंक गणितका कारण बहुमत पुर्याउन दलहरूलाइ समस्या भएकाे छ। साेही विषयमा सत्तारूढ दलका शीर्ष नेताबीच छलफल भएकाे हाे।

प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमणपछि सत्ता गठबन्धनका शीर्षनेताहरूबीच छलफल भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.