चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी
काठमाडौं। चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
उनले सोमबारबाट कार्यभार समेत सम्हालेका छन्। सूचना तथा सञ्चार मन्त्री डा.बिक्रम तिमिल्सिनासँग नियुक्ति पत्र बुझ्दै उनले औपचारिक रूपमा कार्यभार सुरु गरेका हुन्।
मन्त्री तिमिल्सिनाले पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए।
सो अवसरमा डा. तिमिल्सिनाले बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरे।
सो अवसरमा मन्त्री तिमिल्सिनाले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए।
उनले नवनियुक्त अध्यक्ष पण्डितका लागि वास्तविक परीक्षा अब सुरु भएको उल्लेख गर्दै आफ्नो कार्यकाल बोर्डको इतिहासमा उदाहरणीय बन्ने गरी काम गर्न सुझाव दिए।
सो अवसरमा बोर्डको अध्यक्षका लागि जम्मा १२ आवेदक परेपछि प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरिएको जानकारी गराइयो।
सो सोमध्येबाट नेपाल सरकार, मन्त्रिपरिषद्को गत असोज ३० गतेको निर्णयबाट पण्डितलाई अध्यक्षमा मनोनयन गरिएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment