सुनको भाउ तोलाको १ लाख १३ हजार रुपैयाँ पुग्यो
काठमाडौं। सुनको भाउ मंगलबार तोलामा ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ।
यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो।
मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १४ सय ७५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment