बैतडीमा पनि एक जनामा डेंगु संक्रमण पुष्टि
बैतडी । बैतडीमा पनि एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सिगास गाउँपालिका-६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
स्वास्थ्य कार्यालय बैतडी प्रमुख योगेशप्रसाद भट्टका अनुसार ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो।
संक्रमणबाट जोगिन बैतडीमा लार्भा नष्ट अभियान समेत थालिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment