कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–१० ब्यारेल नजिकबाट ७।५७ ग्राम लागूऔषधसहित सोही नगरपालिका–१८ का २० वर्षीय भुवन खुनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरीटोलीले लागूऔषधसहित पक्राउ गरेको हो।
खुनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment