माओवादीमा २२ महिला केन्द्रीय सदस्य थप

डिसी नेपाल
१९ साउन २०८० १८:५८
112
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकले २२ केन्द्रीय सदस्य थप गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना सदस्य थप गरेको हो । थपिएका सदस्यहरुको नाम केन्द्रिय समिति बैठकले अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । अहिले केन्द्रीय समितिको आकार केहि ठूलो देखिएपछि विधान सम्मेलन पछि केन्द्रीय समितिको आकार सानो बनाइने प्रवक्ता महराले बताए ।

शुक्रबार अध्यक्ष प्रचण्डमाथिको प्रतिवेदनमाथि ६८ जनाले धारणा राखेको र जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता महराले जानकारी दिए । उनले बोले अनुसार काम गर्नुपर्ने र पार्टी निर्माणका साथै विस्तामा सदस्यहरुले जोड दिएको बताए ।

त्यस्तै समाज विचार राख्नेसंग एकता र ध्रुविकरण गर्नुपर्नेमा पनि सदस्यहरुको भनाइ रहेको प्रवक्ता महराले बताए । माओवादी बैठक शनिबार बिहान ११ बजे पुनः बस्ने र धारणा राख्ने क्रम जारी रहने उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *